वर्तमान सरकार रहिरहे मुलुक टाट पल्टिन्छ : ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश टाट पल्टिने जिकिर गरेका छन् ।
मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम नरोकिए मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए ।
‘मुलुक गम्भीर संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ,’ ओलीले भने ।
मंगलबारकाठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा उनले पैसा नभएकै कारण आयातमा कमी आएको देखिएको पनि ओलीले बताए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया