वर्तमान सरकार रहिरहे मुलुक टाट पल्टिन्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश टाट पल्टिने जिकिर गरेका छन् ।
मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम नरोकिए मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए ।
‘मुलुक गम्भीर संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ,’ ओलीले भने ।
मंगलबारकाठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा उनले पैसा नभएकै कारण आयातमा कमी आएको देखिएको पनि ओलीले बताए।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया