यातायात व्यवस्था कार्यालयका उपसचिव भट्टराईविरूद्ध १ करोडको भ्रष्टाचार मुद्दा
काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरूद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले यातायात व्यवस्था कार्यालय काठमाडौं, सुकेधारास्थित भट्टराईविरूद्ध १ करोड १५ लाख २९ हजार रूपैयाँ बराबरको बिगोसहित आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
भट्टराईले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सो पुष्टि हुन आएकाले उनीविरूद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
उनलाइ भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद तथा जरिवानाको सजाय हुन मागदाबीसहित मुद्दा दायर गरेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया