रियाशा र भिक्टर विवाह बन्धनमा बाँधिए
काठमाडौं । कलाकार रियाशा दाहाल वैवाहिक बन्धनमा बाधिएकी छन् ।
उनले ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसँग आज विवाह गरेकी हुन् । उनीहरूले भक्तपुर सूर्यविनायकस्थित एक रिर्सोटमा विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । रियाशाले विवाहअघि निकट साथिहरुसँग ब्याचलर पार्टीसमेत मनाएकी थिइन् ।
उनीहरू लामो समयदेखि गुपचुप प्रेमसम्बन्धमा थिए । कलाकार दाहाल युट्युब च्यानलमा प्रशारण हुने ‘आजकालका लभ’ सिरिजबाट चर्चित भएकी हुन् । पछि उनी उक्त सिरिजबाट अलग भएपछि ‘गाह्रो छ हो’ मा अभिनय गर्दै आएकी छन् । त्यस्तै भिक्टर ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । उक्त पेज पछिल्लो समय निकै चर्चित छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया