रियाशा र भिक्टर विवाह बन्धनमा बाँधिए

काठमाडौं । कलाकार रियाशा दाहाल वैवाहिक बन्धनमा बाधिएकी छन् ।
उनले ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसँग आज विवाह गरेकी हुन् । उनीहरूले भक्तपुर सूर्यविनायकस्थित एक रिर्सोटमा विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । रियाशाले विवाहअघि निकट साथिहरुसँग ब्याचलर पार्टीसमेत मनाएकी थिइन् ।
उनीहरू लामो समयदेखि गुपचुप प्रेमसम्बन्धमा थिए । कलाकार दाहाल युट्युब च्यानलमा प्रशारण हुने ‘आजकालका लभ’ सिरिजबाट चर्चित भएकी हुन् । पछि उनी उक्त सिरिजबाट अलग भएपछि ‘गाह्रो छ हो’ मा अभिनय गर्दै आएकी छन् । त्यस्तै भिक्टर ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । उक्त पेज पछिल्लो समय निकै चर्चित छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया