नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडाैं । नक्कली भुटानी शरणार्थी बनाइ ठगी आरोपमा मुछिएका एमालेका सचिवसमेत रहेका तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उच्च प्रहरी स्रोतका अनुसार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको छ । यसअघि नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन भनी लाखौं रकम ठगी गरेको आरोपमा एमालेका उपाध्यक्षसमेत रहेका तत्कालिन गृहमन्त्री राम बहादुर थापाका छोरा प्रतिक थापालाईसमेत पक्राउ पुर्जी जारी गरिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया