नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रक्रियामाथि एमाले अध्यक्ष ओलीको आशंका
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खाेलेका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसँग भेट गरेपछि सञ्चारकर्मीलाई उनले प्रतिक्रिया दिँदै नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उम्कन दिन नहुने बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझी मुछिएपछि ओलीको प्रतिक्रिया आएको हो । ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने ।
यो प्रकरणमा एमालेकै नेताहरू तानिएको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उनले यस प्रकरणमा तानिएको हो कि तनाइएको हो अध्ययन भइरहेको बताए ।
‘यो तानिएको हो कि तनाएको हो हामी अध्ययन गर्दैछौं’, उनले भने, ‘निष्कर्षमा पुगेपछि पार्टीको धारणा सार्वजनिक गर्छौं ।’
नक्कली शरणार्थी प्रकरणमा विचौलियालाई राजनीतिक संरक्षण दिएको आरोपमा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यस प्रकरणमा रायमाझीका छोरासहित उपाध्यक्ष रामबहादुर थापाका छोरासमेत मुछिएका छन् ।
रायमाझीलाई पक्राउ पुर्जी जारी भएको विषयमा जानकारी लिन ओली प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया