मेस्सीले स्वीकार गरे गल्ती

काठमाडौं । स्टार फुटबलर लियोनल मेस्सीले क्लबको अनुमतिबेगर साउदी अरब जानु आफ्नो कमजोरी भएको बताएका छन् ।
पेरिस सेन्ट जर्मेन क्लब (पिएसजी) मा आबद्ध मेस्सी क्लबको अनुमति नलिई साउदीको भ्रमणमा गएपछि दुई साताका लागि निलम्बनमा परेका थिए । यसबारे मुख खोल्दै मेस्सीले आफ्नो गल्ती स्वीकार गरेका हुन् ।
‘मैरो कामका लागि म माफी चाहन्छु,’ उनले इन्स्टाग्राममा लेखेका छन् । क्लबले गर्ने निर्णय पर्खिरहेको पनि उनले बताएका छन् ।
सन् २०२३ मा कतारमा सम्पन्न विश्वकप अर्जेन्टिनालाई जिताउन भूमिका खेलेका मेस्सी दुई वर्षअघि पिएसजीमा अनुबन्धित भएका थिए । जसको सम्झौता यही समर सिजनमा सकिँदैछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया