नागरिकता विधेयकमा राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा थन्किएको नागरिकता विधेयक सम्बन्धमा चासो देखाएका छन् ।
८ महिनादेखि अलपत्र परेको विधेयकका विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आइतबार कानुन व्यवसायीसँग छलफल गर्न लागेका हुन् । राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार दिउँसो १ बजे उनले कानुनी परामर्श गर्न लागेका हुन् ।
संसदबाट २ पटक पारित भएको नागरिकता विधेयक निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरेपछि गत भदौमा निष्कृय भएको थियो ।
नागरिकता विधेयकलाई अगाडि बढाउनका लागि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन व्यवसायीसँग छलफल गरेका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया