मन्त्रिपरिषद् हेरफेरबारे प्रचण्ड : हामीलाई हाम्रो हैसियत अनुसारका मन्त्रालय चाहिन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउन सक्ने संकेत गरेका छन् ।
पार्टीको राजनैतिक तथा वैचारिक प्रक्षिणका लागि मंगलबार मधेस प्रदेश झरेका उनले माओवादीबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने संकेत गरेका हुन् ।
‘मन्त्रिपरिषद्मा मन्त्री हेरफेरको कुरा चलेको त छ तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन’, प्रेस सेन्टर मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ । केही नयाँ आउने सम्भावना पनि छ । मैले प्रधानमन्त्रीसँग भनिराखेको छु । सरकार बनाउन माओवादी पार्टीले जति त्याग गरेको छ, सोअनुसार माओवादीले मन्त्री पाएको छैन ।’
मन्त्रिपरिषद् हेरफेर हुने भयो भने आफूहरूको हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको प्रचण्डले बताए ।
‘जवाफमा उहाँले हुन्छ भन्नुभएको छ ’, उनले भने ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया