संसदमा ई–हाजिरी सुरू गर्ने तयारी
काठमाडौं । प्रतिनिधिसभा बैठकमा यही अधिवेशनदेखि नै सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था हुने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकले इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार अबदेखि सांसदहरूको हाजिरी बैठक बसेकै दिन संसदको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।
यसअघि संसद सचिवालयले उपलब्ध गराएको रजिष्टरमा हाजिरी गरिँदै आएको थियो । बैठकमा गणपुरक संख्यासमेत नपुग्दा पटक–पटक बैठक प्रभावित हुने गरेको थियो ।
बैठकमा सांसदहरूको न्यून उपस्थिति संख्याको अन्त्य गर्नका लागि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाउन सभामुखलाई सांसदहरूले ध्यानाकर्षण गराउँदै आएका थिए । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले विश्वास लिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया