NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

मेस्सी र उनको अर्जेन्टिनी टिमलाई प्रतिष्ठित अवार्ड

काठमाडौं । यस वर्षको लौरियस अवार्ड लियोनल मेस्सी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले प्राप्त गरेका छन् ।

वर्षभरिका उत्कृष्ट खेलाडी र टिमलाई प्रदान गरिने यो प्रतिष्ठित अवार्ड मेस्सी र अर्जेन्टिनी फुटबल टिमलाई प्रदान गरिएको हो ।

कतारमा केही महिनाअघि सम्पन्न विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको थियो । जसमा मेस्सीले निकै राम्रो प्रदर्शन गरेका थिए । देशका लागि ७ गोल गरेका मेस्सीले गोल्डेन बलसमेत जिते ।

यसैगरी, स्पोर्ट्स वुमन अफ द इयरको अवार्ड पनि वितरण गरिएको छ । यो अवार्ड जमैकाकी स्प्रिन्टर शेली एन फ्रेजर प्रिसले प्राप्त गरिन् ।

प्रिस गत जुलाईमा ओरिगनमा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडको स्वर्ण पदक विजेता हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष