दक्षिण अफगानिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
एजेन्सी । दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मंगलबार बताएका छन् ।
‘विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार साँझ कान्दाहार शहरको हाजी अजिज क्षेत्रमा बालबालिकाले फेला पारेको त्यसलाई खेल्न थाले तर अचानक विस्फोट भयो र तीन जनाको घटनास्थलमै मृत्यु भयो’, अधिकारीले भने।
गत हप्ता अफगानिस्तानको पूर्वीलोगार प्रान्तमा यस्तै दुर्घटनामा एक व्यक्तिको ज्यान गएको थियो । अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक हो किनकि विगत चार दशकको युद्ध र गृह द्वन्द्वबाट बाँकी रहेका विस्फोटन नगरिएका उपकरणको विस्फोटका कारण प्रत्येक महिना दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपांग हुने गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया