दक्षिण अफगानिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
एजेन्सी । दक्षिण अफगानिस्तानमा मोर्टार खानी विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मंगलबार बताएका छन् ।
‘विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार साँझ कान्दाहार शहरको हाजी अजिज क्षेत्रमा बालबालिकाले फेला पारेको त्यसलाई खेल्न थाले तर अचानक विस्फोट भयो र तीन जनाको घटनास्थलमै मृत्यु भयो’, अधिकारीले भने।
गत हप्ता अफगानिस्तानको पूर्वीलोगार प्रान्तमा यस्तै दुर्घटनामा एक व्यक्तिको ज्यान गएको थियो । अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक हो किनकि विगत चार दशकको युद्ध र गृह द्वन्द्वबाट बाँकी रहेका विस्फोटन नगरिएका उपकरणको विस्फोटका कारण प्रत्येक महिना दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपांग हुने गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया