ठूला नेता र तिनका सन्तानलाई छाडियो भने रास्वपा हेरेर बस्दैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी धन्धामा जोडिएकालाई उन्मुक्ति दिन चलखेल भएको आशंका गरेका छन् । यसमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई बिनाकारबाही छाडिएमा त्यो ठूलो भुल हुने भन्दै उनले यसो गरिएमा रास्वपा टुलुटुलु हेरेर नबस्ने प्रष्ट पारे ।
छानबिनका क्रममा नाम आएकाहरूमाथि अनुसन्धान गर्नुपर्नेमा त्यो फितलो भएको उनले बताए । यो प्रकरणमा पक्राउ परेका व्यक्तिले वयानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मञ्जु, कांग्रेस नेत्री आरजु राणाको नाम लिएको बताइए पनि उनीहरूमाथि ठोस अनुसन्धान हुन सकेको छैन ।
एमाले नेता टोपबहादुर रायमाझीलाई सल्लाहमा फरार गराइएको अर्को आरोप पनि उनले लगाएका छन् । पक्राउ पुर्जी जारीपछि प्रहरीको सम्पर्कमा आएर अनुसन्धानमा सघाउने बताएका रायमाझी केही समयपछि मोबाइल अफ गरेर हालसम्म फरार छन् ।
‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन, नाम आएकाहरूमाथि अनुसन्धान फितलो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।’ उनले यसलाई आँधीको संज्ञा दिँदै ख्याल नसम्झन पनि सुझाएका छन् ।
भ्रष्टाचारको एउटै फाइलले सकस परेको भन्दै उनले प्रधानमन्त्रीमाथि व्यंग्यसमेत कसे । उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ।’
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया