गर्मीमा कस्ता समस्या देखिन्छन् ?
एजेन्सी । गर्मीमा हाम्रो शरीरले विभिन्न समस्याको सामना गरिरहेको हुन्छ । चर्को घामले शरीर आलश्य हुनुका साथै कमजोर पनि बनाउँछ । अझ कामको सिलसिलामा घरबाट बाहिर निस्कनु पर्ने व्यक्तिलाई घामबाट बच्न गाह्रो पर्छ ।
कडा घामले शरीरको बाहिरी अंगलाई मात्र नभई भित्री अंगलाई पनि हानि पु-याउँछ । गर्मीमा अधिक देखिने समस्यामध्ये डिहाइड्रेसन एक हो । यसले शरीरमा पानीको मात्रालाई कम गर्छ र शरीर शिथिल बनाइदिन्छ । गर्मीमा यसबाट बच्न प्रशस्त्र पानी पिउनुपर्छ ।
यस्तै, गर्मीमा धेरै देखिने अर्को समस्या चक्कर लाग्नु हो । चर्को घामका कारण व्यक्तिलाई चक्कर लाग्ने हुन्छ । नाकबाट रगत बग्ने समस्या पनि गर्मीमा बढेर जान्छ । यो एक प्रकारको रगतको विकार हो, जुन प्रायः गर्मीको समयमा देखिन्छ। ग
र्मीमा तातो र सुख्खा हावा चल्ने हुँदा नाकबाट रगत बग्छ । यसबाहेक चर्को घाममा लामो समय बस्दा पनि नाकबाट रगत बग्ने समस्या हुन्छ ।
गर्मीमा छालासम्बन्धी समस्या पनि अत्यधिक निम्तिने गर्छ । धेरै बेर घामको प्रत्यक्ष सम्पर्कमा हुँदा छालाको क्यान्सर हुने जोखिम गर्मीमा उच्च हुन्छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया