नेपाल राष्ट्र बैंकले माग्यो दुई जना कर्मचारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त तुलसीपुर, दाङको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले संयोजक र सदस्य पदका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आउँदो जेठ जेठ १७ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
उक्त पदहरूमा आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै वित्तीय क्षेत्रहरुमा कम्तिमा १० वर्ष काम गरको अनुभव हुनुपर्ने छ । त्यस्तै चार्टट एकाउन्टेन्सी उर्तीण गरी न्युनतम ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।
बैंकका अनुसार सेवाअवधि एक वर्षको हुने छ । आवश्यकता तथा प्रगतिका आधारमा ६/६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नविकरण गर्न सकिने राष्ट्र बैंकद्वारा जारी विज्ञापनमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया