एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प छैन : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । ‘घर घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले आज डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे । जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो । तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो ।
कांग्रेसले ‘घर घर जाऔँ : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ । तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया