फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनको सम्बन्ध विच्छेद
एजेन्सी । फिनल्याण्डकी निवर्तमान प्रधानमन्त्री सन्ना मरिन र मारकुस राइक्कोनेनको सम्बन्ध विच्छेद भएको छ ।
विगत १९ वर्षदेखि सँगै रहेका उनीहरूको एकजना पाँच वर्षिया छोरी छिन् । ‘१९ वर्षसम्मको सहकार्य र प्यारी छोरीको लागि आभारी छौं,’ दुवैले इन्स्टाग्राममा उक्त सन्देश साझा गरेका छन् ।
लामो समयको प्रेम सम्बन्धपछि उनीहरू द्वयले सन् २०२० मा विवाह गरेका थिए ।
एक महिनाअघि मरिन र उनी आबद्ध रहेको सोसल डेमोक्रेटिक पार्टीले संसदीय चुनावमा हारेको थियो । सन् २०१९ मा ३७ वर्षकै उमेरमा प्रधानमन्त्री भएकी मरिन निकै चर्चामा आएकी थिइन् ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया