एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल हुने
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । आठ समूहमा केन्द्रीय सदस्यले छुट्टाछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् ।
सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ ।
समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया