कांग्रेस नेता बस्नेत रहेनन्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।
काठमाडौंको सिफलमा बस्दै आएका बस्नेतको शुक्रबार बिहान निधन भएको हो ।
बस्नेत ७८ वर्षका थिए ।
लामो समय नेपाली कांग्रेसमा सक्रिय बस्नेत सोलुखुम्बुका हुन् । कांग्रेसका पूर्व केन्द्रीय सदस्य बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।
प्रतिक्रिया