भ्रष्टाचारविरूद्धको कार्यक्रममा सहभागी हुन सभापति रविको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको भन्दै यसविरूद्ध एकजुट हुन आह्वान गरेका छन् ।
शुक्रबार समाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै दलको नेता तथा कार्यकर्ता नभए सचेत नागरिकका हिसाबले आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे । शनिबार दिउँसो १२ः ३० बजे नारायण चौर नक्सालमा नागरिकका हैसियतले कार्यक्रममा सहभागी हुन उनले आग्रह गरेका छन् ।
भ्रष्टाचार यो देशको साझा दुश्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया