आरजु लङ्ग्रेन चामल बजारमा, प्रतिकेजी कति ?
काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवारदेखि बजारमा ल्याएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए ।
किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउनको लागि राइस मिलले काम गरेको उनले बताए । उनले विगत २ दशकदेखि खेती किसानलाइ सहयोग गर्दै आएको बताए । राइस मिलमा निफन्नेदेखि,सुकाई र भण्डारसम्म रहेको उनको भनाइ छ ।
मिलले दुई सिजनमा १० करोड रुपैयाँसम्म किसानलाई भुक्तानी गरेको बताए । अहिले ४ हजार विघाका किसानहरु आवद्ध भएको र अझ बढ्ने क्रम रहेको उनको भनाइ छ ।
मिलले नेपाली किसान भन्दा अन्य किसानको धान खरिद नगर्ने बस्नेतले बताए । अबको खेतीकिसानी निर्वाहमुखी नभएर व्यवसायिकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने उनले बताए । नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याएको बस्नेतले बताए ।
उनका अनुसार आरजु लङग्रेन चामल काठमाडौं लगायतका बजारमा प्रतिकेजी १३० रुपैयाँ पर्नेछ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया