गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद बिस्तार, को को भए मन्त्री ?
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । शुक्रबार उनले कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।
मन्त्री नियुक्त हुनेमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा छन् । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ मन्त्री भएका छन् ।
वैशाख १४ गते मुख्यमन्त्री भएका पाण्डेले १५ गते कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ४ बजे हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया