गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद बिस्तार, को को भए मन्त्री ?
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । शुक्रबार उनले कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।
मन्त्री नियुक्त हुनेमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा छन् । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ मन्त्री भएका छन् ।
वैशाख १४ गते मुख्यमन्त्री भएका पाण्डेले १५ गते कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ४ बजे हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया