दुई दिनको हिरासत बसाइपछि लाहोर फर्किए इमरान
काठमाडौं । पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख इमरान खान लाहोर फर्किएका छन् । दुई दिन हिरासतमा बिताएका खान शनिबार बिहान आफ्नो लाहोरस्थित घर फर्किएका हुन् ।
इस्लामाबाद उच्च अदालतले शुक्रबार अल–कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दुई हप्ताका लागि अन्तरिम जमानत दिएको छ।
इमरान सडकबाट लाहोरस्थित आफ्नो घर पुग्दा उनका समर्थकहरूले न्यानो स्वागत गरेका थिए ।
एक भिडियो सन्देशमा इमरान खानले अदालतमा तीन घण्टासम्म बन्धक बनाएको र विभिन्न बहाना बनाएर बाहिर निस्कन नदिएको बताएका छन् ।
यसैबीच, इस्लामाबाद पुलिसले ट्वीट गर्दै इमरान खानले सुरक्षामा सहयोग नगरेको र आफ्नो कार्यको लागि आफू स्वयं जिम्मेवार हुने दाबी गरेको छ।
इस्लामावाद क्यापिटल पुलिसका प्रवक्ताका अनुसार इस्लामावाद क्यापिटल पुलिसले उच्च न्यायालय र सर्वोच्च अदालतको आदेशमा इमरान खानलाई पूर्ण सुरक्षा प्रदान गरेको थियो।
यो हप्ता, इमरान खान भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि पाकिस्तानभर हिंसाका घटनाहरू भइरहेका छन्।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया