म्यानमारमा ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा
याङ्गुन । मध्य म्यानमाको एउटा शहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ।
मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ-उ शहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार १६१ मिमी वर्षा रेकर्ड गरिएको छ ।चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गलादेश–म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमारको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया