२४ अर्बको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ अर्ब ७४ रूपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ । जसमध्ये ६ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको हो ।
बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल जेठ ३० गते परिपक्क हुने छ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन ३० गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल कार्तिक २८ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ २ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया