३ अर्ब रूपैयाँ अनुदान रकम नपाएपछि कृषि बीमा बन्द गर्दै कम्पनीहरू

काठमाडाैं । सरकारले झण्डै तीन अर्ब रुपैयाँ अनुदान रकम भुक्तानी नगरेपछि नीर्जीवन बीमा कम्पनीहरूले कृषि बीमा बन्द गर्ने भएका छन् ।
निर्जीवन बीमा कम्पनीहरूको संस्था नेपाल बीमक संघले प्रेस विज्ञप्ती जारी गर्दै जेठ ७ गतेदेखि कृषि बीमालेख जारी गर्ने र बीमालेख अन्तर्गतको दाबी भुक्तानी दिने कार्य बन्द गरिने घोपणा गरेका हुन् ।
संघका अनुसार सरकारले २०७७ देखि बीमा कम्पनीहरूलाई कृषि बीमाबापतको रकम भुक्तानी गर्न बाँकी छ । २०७८ देखि बाली बीमा र पशुपन्छी बीमाको अनुदान रकम भुक्तानी नगरेको संघले जनाएको छ ।
बाली तथा पशुपालन व्यावसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसायतर्फ उन्मुख गर्न र कृषि क्षेत्रमा निजी, सरकारी तथा वित्तीय संस्थाहरुको लगानी बढाउन र लगानी सुरक्षित गर्न भन्दै सरकारले कृषि बीमा कार्यक्रम सुरू गरेको थियो । सरकारले कृषि मन्त्रालयको नेतृत्वमा ०६९ माघ १ गतेदेखि औपाचारिक रूपमा कृषि बीमा कार्यक्रम सुरू गरेको हो ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया