हेलमेट नलगाएका कारण अमिताभ र अनुष्कालाई ट्राफिकको कारवाही
एजेन्सी । ट्राफिक जामबाट बच्न अमिताभ बच्चन र अनुष्का शर्माले सोमबार आफूले चढिरहेको कार छोडेर मोटरसाइकलमा लिफ्ट लिए ।
दुवैको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकल चढ्दा हेलमेट नलगाएको भनेर मुम्बई प्रहरीले उनीहरू दुवैलाई कारवाही गर्ने भएको छ ।
अमिताभले सोमबार सामाजिक सञ्जालमा उक्त तस्विर सेयर गरेका छन् । जसमा उनले लिफ्ट दिने व्यक्तिलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा गुनासो गरेका थिए ।
त्यसपछि मुम्बई प्रहरीले प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै ट्राफिक प्रहरी शाखासँग कुरा राखेको बताएको थियो ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया