बालकृष्णलाई बोक्दा कांग्रेस डुब्छ, तत्काल निलम्बन गरौं : कोइराला
काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन पर्ने बताएका छन् ।
पक्राउ परेपछि खाँणलाई निलम्बन गर्ने/नगर्ने विषयमा पार्टीभित्र मतभेद भएको बेला गम्भीर आरोप लागेका व्यक्तिलाई ढाकछोप गर्न नहुने बताएका हुन् ।
कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् ।
‘यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भनेर अहिले म भन्न सक्दिनँ’, उनले भने, ‘कांग्रेसमात्रै होइन देशकै अवस्था नाजुक भएर जान्छ । यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसक्यो । बालकृष्ण खाँणजीलाई निलम्बन गरौं ।’
देशको नागरिकलाई अनागरिक बनाएर बेचविखन गर्ने काम सार्वभौमसत्तामाथि नै प्रहार गरेको उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया