टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
मोन्टाना । मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।
मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिष्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन् ।
राज्यका मुख्य सूचनाआधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्णरुपमा ब्लक गर्न निर्देशन दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
डिसेम्बर २०२२ मा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो । सङ्घीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ ।
आगामी जुन १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्णरुपमा लागू हुनेछ । उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुनसक्ने समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया