इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु
रोम । इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ ।
बाढीबाट हजारौँ विस्थापित भएका छन् भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ । नदीहरूमा पानीको सतहले जोखिमको रेखा पार गरेको छ भने हजारौ हेक्टर खेतीयोग्य जमिन जलमग्न भएको छ ।
शहरका सडकबाट पनि पानी बगिरहेको छ । बाढीबाट बच्न मानिसहरू घरका छतमा पुगेका छन् । एक वर्षमा हुने औसत वर्षा झण्डै ३६ घण्टामा भएकोले परिस्थिति भयावह बनेको अधिकारीहरुले बताएका छन् ।
बाढीका कारण ५० हजार मानिस बिजुलीको पहुँचबाट बाहिर भएका छन् । भोलिदेखि जापानको हिरोसिमामा आयोजना हुने विकसित सात राष्ट्र (जी सेभेन) को ४९ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया