इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु
रोम । इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ ।
बाढीबाट हजारौँ विस्थापित भएका छन् भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा ग्रान्ड प्रिक्स फर्मुला वान स्थगन भएको छ । नदीहरूमा पानीको सतहले जोखिमको रेखा पार गरेको छ भने हजारौ हेक्टर खेतीयोग्य जमिन जलमग्न भएको छ ।
शहरका सडकबाट पनि पानी बगिरहेको छ । बाढीबाट बच्न मानिसहरू घरका छतमा पुगेका छन् । एक वर्षमा हुने औसत वर्षा झण्डै ३६ घण्टामा भएकोले परिस्थिति भयावह बनेको अधिकारीहरुले बताएका छन् ।
बाढीका कारण ५० हजार मानिस बिजुलीको पहुँचबाट बाहिर भएका छन् । भोलिदेखि जापानको हिरोसिमामा आयोजना हुने विकसित सात राष्ट्र (जी सेभेन) को ४९ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री जर्जिया मेलोनीले बाढीपीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया