सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्दैछ ।
संविधानमा जेठ १५ भित्र बजेट र त्यसपूर्व संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार, आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो ।
संघीय संसद् सचिवालयले शुक्रबार अपराह्न ४ बजे बस्ने बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ ।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि यसबारे छलफल हुनेछ । सांसदहरूको सुझाव ग्रहण गरेर बजेट निर्माण गर्नुपर्ने सोचका साथ यस्तो अभ्यास थालिए पनि यो कर्मकाण्डमा मात्र सीमित छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया