दाङमा दुई बस आपसमा ठोक्किए, १ को मृत्यु, १२ गम्भीर घाइते
काठमाडौं । दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुई दर्जन घाइते छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा शुक्रबार बिहान ७ बजे ठोक्किएर दुर्घटना भएको हो ।
घटनामा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । बसमा सवार २३ जना भने घाइते छन् । यीमध्ये १२ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञापन प्रतिष्ठान, लमही अस्पतालमा उपचार भइरहेको छ । गम्भीर दुई जनालाई भने नेपालगञ्ज रेफर गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया