सरकार प्रारम्भिक चरणमै असफल भयो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले मुलुक गम्भीर संकटमा पर्दासमेत वास्तविकता लुगाउन खोजेको आरोप लगाएका छन् ।
सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले उदेश्यहीन कार्यक्रमले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे ।
पछिल्लो आर्थिक सूचांकले मुलुक गम्भीर आर्थिक संकटमा परेको देखाउँदासमेत सरकार संवेदनशील हुन नसकेको ओलीको टिप्पणी छ । प्रधानमन्त्रीले राजश्व संकलन गर्नसमेत दातृ निकायसँग सहयोग मागेर प्रारम्भिक चरणमै सरकार असफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीले कुटनीतिक नियोग र संसदलाई फरक-फरक तथ्यांक देखाएर ढाँटेको छ । एमाले सरकारलाई विस्तापित गरी कांग्रेस–माओवादी सरकार बनेपछि अर्थतन्त्र ध्वस्त भएको छ । के यही दिन देख्नका लागि वर्तमान सरकार बनेको हो ?’ उनले मुलुकको सर्वाङ्गिक विकासका लागि बृहत योजना ल्याउन नसकेको आरोप लगाए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया