राष्ट्रिय सहकारी बैंकको वित्तीय विवरण सार्वजनिक, २७ प्रतिशत तरलता
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको वैशाख मसान्तको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरको वित्तिय विवरणअनुसार वैशाखमसान्तसम्ममा बैंकमा २७.०७ प्रतिशत तरलता रहेको छ ।
वैशाखसम्ममा बैंकमा १२ अर्ब ५९ करोड ८२ लाख ५८ हजार रूपैयाँ तरलता रकम रहेको छ । त्यस्तै हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ । यसैगरी बैंकको जगेडाकोषमा एक अर्ब ४ करोड ९९ लाख २६ हजार, कुल बचत ४६ अर्ब १६ करोड ६६ लाख, ऋण लगानी ३३ अर्ब ४२ करोड एक लाख रुपैयाँ रहेको छ ।
यस्तै कुल संस्थागत पुँजी १ अर्ब १३ करोड ७१ लाख ७६ हजार रहेको छ भने बैंकको विभिन्न कोषमा जम्मा भएको रकम ६८ करोड ९९ लाख ५३ हजार रूपैयाँ छ ।
वैशाख मसान्तसम्म बैंकको कुल सम्पति ५४ अर्ब १८ करोड १९ लाख ८१ हजार रूपैयाँ रहेको छ । बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ८७३ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ५२६ रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया