बखमुत रूसी कब्जामा गएको छैन : जेलेन्स्की
हिरोसिमा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन्।
हिरोसिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘आज उनीहरू (रूसी सेना) बखमुतमा छन् । तर बख्मुत अझै रूसको कब्जामा छैन ।’, उनले भने, ‘म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ । बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो’ ।
युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ । उपरक्षामन्त्री गन्ना मल्यारले युक्रेनी सेना ‘छेउछाउका उपनगरमा’ अघि बढिरहेको र यसले ‘शत्रुलाई बखमुतमा बस्न निकै गाह्रो हुने’ दाबी गरेका छन् ।
युक्रेनी सेनाले नगरलाई अर्ध–घेरा हालेको बताउँदै उनले युक्रेनले अझै पनि आवासीय क्षेत्र र केही औद्योगिक सुविधाको नियन्त्रण कायम राखेको दावी गरे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया