खानेपानी संस्थानको कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द
काठमाडौं । खानेपानी संस्थानको कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द गरिएको छ ।
खानेपानी संस्थानले ०७८ चैत १ गते खुला प्रतिस्पर्धा गराएर करार सेवामा नियुक्त गर्ने गरी तह १ देखि ३ सम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको थियो । विज्ञापन आह्वान गरेर यसको प्रक्रिया अघि नबढाएको संस्थानले १३ महिनापछि विज्ञापन नै रद्द गरेको हो ।
संस्थानले एक सूचना जारी गर्दै जेठ ५ को सञ्चालक समितिको निर्णयअनुसार कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द गरिएको जनाएको छ ।
विज्ञापन रद्द भएसँगै संस्थानले आवेदकले बुझाएको आवेदन शुल्क फिर्ता दिने भएको छ । यसका लागि आगामी १५ दिनभित्र रसिद, नागरिकतालगायत परिचय खुल्ने प्रमणपत्र लिएर आउन सूचित गरेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया