NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ४ गते

सांसद लामाको प्रश्न – रुबी भ्यालीलाई नीति तथा कार्यक्रममा किन समावेश गरिएन ?

काठमाडौं । राप्रपा सांसद बिना लामाले रुबी भ्यालीलाई सरकारको नीति तथा कार्यक्रममा समावेश नगरेकोप्रति आपत्ति जनाएकी छिन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतकै ‘कपी पेस्ट’ भएको टिप्पणी गर्दै धादिङको रुबी भ्यालीमा पाइने अमूल्य खनिज पदार्थको उत्खनन तथा अनुसन्धानमा जोड दिनुपर्ने उनले बताएकी हुन् ।

हामीसँगै भएका वस्तु तथा स्रोत पहिचान गर्न नसक्नुमा राज्यलाई मागेर खाने बानी परेको उनको आरोप छ ।

‘सरकारलाई मागेर खाने बानी परेको छ । स्रोत पहिचान गरी नेपाललाई बेरोजगारमुक्त होइन, लोनमाथि लोन मागेर राज्यलाई भिकारीयुक्त बनाउन राज्य तत्पर देखिन्छ,’ उनले भनिन्, ‘खबरदार! राज्यलाई साँच्चै आर्थिक उन्नतीतर्फ लाने हो भने यस्तो स्रोत साधनलाई सदुपयोगमा ल्याइयोस् ।’

डोल्पा पछिको बहुमूल्य यार्सागुम्बा र एक सय ६७ प्रजातीको जडिबुटी पाइने यो क्षेत्रलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने उनको माग छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष