विभिन्न सेवाका ५ निजामती कर्मचारीको बढुवा
काठमाडौं । विभिन्न सेवाका ५ कर्मचारीको पदोन्नति भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परराष्ट्र सेवाका चार शाखा अधिकृत र नेपाल विविध सेवाका एक खरिदारको बढुवा गरेको हो ।
शाखा अधिकृतबाट उपसचिवमा पदोन्नति हुनेहरूमा सृजना अधिकारी, विजयकुमार राउत, रमेशकुमार चर्मकार र चक्रकुमार सुवेदी छन् ।
त्यसैगरी नेपाल विविध सेवाका भुवन केसीको पनि नायब सुब्बा पदमा बढुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा यी कर्मचारीको बढुवा गरिएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया