विभिन्न सेवाका ५ निजामती कर्मचारीको बढुवा

काठमाडौं । विभिन्न सेवाका ५ कर्मचारीको पदोन्नति भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परराष्ट्र सेवाका चार शाखा अधिकृत र नेपाल विविध सेवाका एक खरिदारको बढुवा गरेको हो ।
शाखा अधिकृतबाट उपसचिवमा पदोन्नति हुनेहरूमा सृजना अधिकारी, विजयकुमार राउत, रमेशकुमार चर्मकार र चक्रकुमार सुवेदी छन् ।
त्यसैगरी नेपाल विविध सेवाका भुवन केसीको पनि नायब सुब्बा पदमा बढुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा यी कर्मचारीको बढुवा गरिएको जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया