युरोपमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं (एजेन्सी) । जर्मनी, फ्रान्स, इटाली र बेलायतलगायत युरोपेली मुलुकहरूमा पुनः कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको छ । यी देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि संक्रमण पुनः उकालो लागेको हो ।
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार युरोपमा कोभिड संक्रमणका घटनाहरू बढेको पाइएको छ।
डब्ल्युएचओ युरोपका निर्देशक हान्स क्लुगेले मोल्डोभामा उल्लेख गरेअनुसार युरोपमा महामारीको बढेको छ तर नियन्त्रण गर्न सकिने आशा छ।
प्रतिक्रिया