सगरमाथामा विश्व र्कीतिमान ‘ब्रेक’ गर्ने होडबाजीमा कामिरिता र पादावा
काठमाडौं । विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहणमा विश्व र्कीतिमान राख्ने होडबाजीमा कामिरिता शेर्पा र पासाङ दावा शेर्पा रहेका छन् । जेठ ३ गते २७ औं पटक सगरमाथा चुचुरोमा पुगेर यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गरेका कामिरिता एक साता नपुग्दै मंगलबार दोस्रोपटक चुचुरोमा पुगे ।
२७ औं विश्वर्कीतिमान सोमबार सोलुखुम्बुका पासाङ दावा शेर्पाले बराबरीमा कायम गरेपछि उनी फेरी सगरमाथा आरोहण गरेका हुन् । उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिले दिएको जानकारी अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।
खुम्बु पासाङल्हामु गाउपालिकाको थामेमा जन्मेका ५३ वर्षीय कामिरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । उनले चो ओयु, मनास्लु, ल्होत्से, केटु गरी ४० पटक विश्वका अग्ला हिमालहरूको आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलो पटक उनले सगरमाथा चुचुरो चुमेका थिए ।
यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । कामेरिताले सन् २००९, २०१० र २०१३ मा एकै सिजनमा दुई पटक सगरमाथा चढेका थिए । यसअघि २०१९ मा पनि उनले एक हप्तभित्रमा २ पटक सगरमाथा आरोहण गरी विश्वर्कीतिमान कायम राखेका थिए । सन् २०२१ र २०२२ मा पनि सगरमाथाको चुचुरोमा पुगेका थिए ।
यसैगरी सन् १९९८ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका पासाङले त्यसयताका २७ पटक सगरमाथा चढेर कामेरितासँग बराबरी कीर्तिमान कायम गरेका हुन् । उनले सन् २००६, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा एकै सिजनमा दुई पटक सगरमाथाको चुचुरोमा पाइला राखेका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया