संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि
काठमाडौं । विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति र आफ्नै संवैधानिक इजलासको अन्तरिम आदेविरुद्ध आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
संवैधानिक इजलासले गत शुक्रबार बुधबारका लागि पेशी तोक्न आदेश दिएको थियो । त्यसैको आधारमा आज यो विषयमा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन्।
यसबारे बहस गर्न दुवै पक्षलाई एक÷एक घण्टाको समय दिइएको छ । अपुग भएमा थप ३० मिनेट पाउनेछन् ।
पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्ति गर्न सिफारिस गरेका थिए । यो असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता डा. गणेश रेग्मीले रिट निवेदन दर्ता गराएका थिए । न्यायाधीश हरि फुयाँलको एकल इजलासले यसबारेको सुनुवाइ स्थगित गर्न आदेश दिएपछि सुनुवाइ प्रभावित भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया