आइसिसी क्रिकेट विश्वकप छनोटमा विश्व विजेता वेस्ट इन्डिज र नेपाल एउटै समूहमा
काठमाडौं । आगामी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार १० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको हो । समूह ‘ए’मा समूहमा नेपालसहित, आयोजक जिम्बावे, विश्व विजेता वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका परेका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
सोमबार २२ सदस्यीय प्रारम्भिक टोली बनाएको नेपालले एक साताको अभ्यासपछि नेपाली टिम मे ३१ (जेठ १७ गते) मा दक्षिण अफ्रिका जाँदैछ। १८ जुलाई अर्थात् ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।
दोस्रो खेल ५ असारमा अमेरिकासँग खेल्नेछ । यसैगरी ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया