एमाले केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार कार्की ब्यांकेट, बबरमहलमा बिहान ११ बजे बस्नेगरी बैठक तय भएको छ ।
स्थानीय तह निर्वाचन बैठकको मुख्य एजेण्डा हुने बताइएको छ । स्थानीय तह निर्वाचन आगामी वैशाख ३१ हुँदैछ । बैठकले उम्मेदवार घोषणाको मापदण्ड, चनावी घोषणापत्रलगायत विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गर्ने प्रतिवेदनबारे पनि छलफल हुनेछ । दुई दिनसम्म चल्ने बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया