‘साराभाइ भर्सेस साराभाइ’ सिरियलकी अभिनेत्री वैभवीको निधन
काठमाडौं । चर्चित टेलिश्रृंखला साराभाइ भर्सेस साभाइकी अभिनेत्री वैभवी उपाध्यायको निधन भएको छ । उनी यो सिरियलमा पाएको भूमिकाका कारण चर्चित थिइन् ।
वैभवी उत्तरी भारतमा यात्रारत थिइन् । त्यही यात्रा गर्ने क्रममा भएको सडक दुर्घटनामा उनको निधन भएको हो ।
साराभाइ भर्सेस साराभाइकी निर्माता जेडी मजेठियाले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै सडक दुर्घटनामा परी वैभवीको मृत्युको भएको पुष्टि गरेकी छन् ।
उनले इन्स्टागाममा लेखेकी छन्, ‘जीवन एकदमै अप्रत्याशित छ। साराभाइ भर्सेस साराभाइकी एक अद्भूत अभिनेत्री र प्रिय साथी ‘जैस्मिन’ वैभवी उपाध्याय रहिनन् ।
उनको शव परिवारका सदस्यले मुम्बाई ल्याएर बुधबार अन्तिम संस्कार गर्ने तयारी गरेका छन् ।
वैभवीले सन् २०२० मा दीपिका पादुकोणसँग पनि फिल्म ‘छपाक’मा काम गरेकी थिइन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया