युक्रेनी शरणार्थीका लागि पदक दान गर्ने रुसी नोबेल पुरस्कार विजेताको घोषणा
काठमाडौं (एजेन्सी) । रुसका नोबेल शान्ति पुरस्कार विजेताले युक्रेनी शरणार्थीको सहयोगार्थ स्रोत जुटाउन आफ्नो पदक दान गर्ने वाचा गरेका छन् ।
रुसको नोभाया गजेटा अखबारका सम्पादकसमेत रहेका दिमित्री मुराटोभले आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कार पदक युक्रेनी शरणार्थीका निम्ति समर्पण गर्ने घोषणा गरेका हुन् ।
मुराटोभले मंगलबार एक लेख लेख्दै रुसी आक्रमणपछि एक करोड युक्रेनी विस्थापित भएकाले आफूले यस्तो निर्णय लिएको उल्लेख गरेका छन् ।
नोभाया क्रेमलिनको आलोचना गर्ने अखबार हो । जसको सम्पादकीय नेतृत्व केही समयदेखि मुराटोभले गर्दै आएका छन् । उनी टेलिभिजन प्रस्तोता पनि हुन् ।
अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति उनी र मारिया रेसालाई सन् २०२१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया