हैजाले दक्षिण अफ्रिकामा १७ जनाको मृत्यु
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।
हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । हालै हम्मास्क्रालमा हैजाको प्रकोप देखिएपछि एक सय ६५ जनाको उपचार गरिएको छ ।
गत फेव्रुवरीको प्रारम्भमा दक्षिण अफ्रिकामा हैजाका दुई ‘केस’ अभिलेख भएको थियो भने सोही महिनाको अन्त्यमा एक जनाले ज्यान गुमाएपछि देशका विभिन्न भागमा झाडा तथा वाकवाकी लाग्ने, पेट दुख्ने र डिहाइड्रेसनका समस्याबाट मानिस पीडित भएका थिए ।
सरकारले यस्ता लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गरेको थियो । विभागले अहिले पनि त्यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य परीक्षण गराउन, नियमित रुपमा औषधि सेवन गर्न सर्वसाधारणलाई आह्वान गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया