रास्वपाको कार्यालयमै पुगेर चिनियाँ दूतावास टोलीको भेटवार्ता
काठमाडौं । चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमै पुगेर भेटवार्ता गरेका छन् ।
बसुन्धारास्थित पार्टी कार्यालयमा रास्वपाका उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल, पार्टी सल्लाहकार भूमिनन्द बरालसँग चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसनका पोलिटिकल कन्सुलर वाङ शिनसहितको टोलीदे भेट गरेको हो ।
उक्त भेट कुटनीतिक शिष्टाचारमा केन्द्रित रहेको बताइएको छ ।
पार्टी गठन भएपछि रास्वपासँग दूतावास टोलीको यो पहिलो औपचारिक भेट हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया