हाकिमको नक्कली हस्ताक्षर गरेर पेस्की फछ्र्योट गर्न खोजेपछि…
काठमाडौं । रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फछ्र्योट गर्न खोज्ने एक जना कर्मचारी पक्राउ परेका छन् ।
हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फछ्र्योट गर्न खोज्ने सोही नगरपालिकाका पोषण स्वयंसेवक रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय, रौटहटले बिहीबार पक्राउ गरेको हो ।
सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेर कीर्ते काम गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार, उनले पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा नक्कली हस्ताक्षर गरी फछ्र्योट गरेको फेला परेको छ ।
पाँच लाख रूपैयाँको गोस्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फछ्र्योट गरेको फेला परेपछि कार्यालय प्रमुख भूपदेवले प्रहरीलाई उजुरी गरेका थिए ।
पक्राउ परेका सहनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय, गरुडामा राखिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया