भारतमा आगलागीबाट ११ जना मजदुरको मृत्यु
काठमाडौं । हैदराबादका सिकन्दराबादस्थित बोयागुडाको नजिक एक कबाड गोदाममा आगलागी हुँदा ११ जना मजदुरको ज्यान गएको छ । ज्यान गुमाउने मजदुरहरु अन्य राज्यबाट त्यहाँ मजदुरी गर्न आएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् साथै उनले पीडित परिवारमा समवेदना पनि व्यक्त गरेका छन् । ज्यान गुमाएका मजदुरको परिवारलाई दुई लाख भारु सहयोग गर्ने घोषणा पनि प्रधानमन्त्री कार्यालयले गरेको छ ।
मृत्यु भएका मध्ये ८ जना मजदुर २० देखि ३० वर्षका र बाँकी ३ जना करिब ४० वर्षका भएको सुरुवाती अनुसन्धानबाट पत्ता लागेको छ । दुर्घटनापछि ८ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन । गोदाममा मदिराको खाली बोत्तल र ग्यास सिलिन्डर भेटिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया