भारतमा आगलागीबाट ११ जना मजदुरको मृत्यु

काठमाडौं । हैदराबादका सिकन्दराबादस्थित बोयागुडाको नजिक एक कबाड गोदाममा आगलागी हुँदा ११ जना मजदुरको ज्यान गएको छ । ज्यान गुमाउने मजदुरहरु अन्य राज्यबाट त्यहाँ मजदुरी गर्न आएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् साथै उनले पीडित परिवारमा समवेदना पनि व्यक्त गरेका छन् । ज्यान गुमाएका मजदुरको परिवारलाई दुई लाख भारु सहयोग गर्ने घोषणा पनि प्रधानमन्त्री कार्यालयले गरेको छ ।
मृत्यु भएका मध्ये ८ जना मजदुर २० देखि ३० वर्षका र बाँकी ३ जना करिब ४० वर्षका भएको सुरुवाती अनुसन्धानबाट पत्ता लागेको छ । दुर्घटनापछि ८ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन । गोदाममा मदिराको खाली बोत्तल र ग्यास सिलिन्डर भेटिएको छ ।
प्रतिक्रिया