जलहरी काण्डमा सुवासको आग्रह : दाग बोकेर बस्न सक्दैनौं, दूधको दूध पानीको पानी गरियोस् सरकार
काठमाडौं । एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिमा लगाइएको जलहरी पित्तलको भएको आरोप एमालेले बोकेर हिड्न नसक्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेम्बाङले सरकारको जवाफ माग गरेका हुन् ।
पशुपतिमा लगाएको जलहरी सुन होइन, पित्तल हो भनेर सत्ता पक्षका जिम्मेवार सांसदले एमालेमाथि आरोप लगाएकोमा उनले आपत्ति जनाए । जलहरी पित्तलको भए अध्यक्ष केपी ओलीलाई कारवाही गरेर देखाउन उनले चुनौती दिए ।
‘कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो’, उनले भने, ‘हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’
पशुपतिमा पित्तलको जलहरी लगाउने यसअघिको परम्परा तोड्दै ओली सरकाले सुनको जलहरी चढाएको थियो । सोही विषयमा भ्रष्टाचार भएपछि एमालेले संसद अवरोध गरेको हो ।
प्रमुख प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले २० मिनेट संसद बैठक स्थगित गरेका थिए । एमालेका अडानका कारण अहिलेसम्म बैठक चल्न सकेको छैन
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया