जलहरी काण्डमा सुवासको आग्रह : दाग बोकेर बस्न सक्दैनौं, दूधको दूध पानीको पानी गरियोस् सरकार
काठमाडौं । एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिमा लगाइएको जलहरी पित्तलको भएको आरोप एमालेले बोकेर हिड्न नसक्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेम्बाङले सरकारको जवाफ माग गरेका हुन् ।
पशुपतिमा लगाएको जलहरी सुन होइन, पित्तल हो भनेर सत्ता पक्षका जिम्मेवार सांसदले एमालेमाथि आरोप लगाएकोमा उनले आपत्ति जनाए । जलहरी पित्तलको भए अध्यक्ष केपी ओलीलाई कारवाही गरेर देखाउन उनले चुनौती दिए ।
‘कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो’, उनले भने, ‘हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’
पशुपतिमा पित्तलको जलहरी लगाउने यसअघिको परम्परा तोड्दै ओली सरकाले सुनको जलहरी चढाएको थियो । सोही विषयमा भ्रष्टाचार भएपछि एमालेले संसद अवरोध गरेको हो ।
प्रमुख प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले २० मिनेट संसद बैठक स्थगित गरेका थिए । एमालेका अडानका कारण अहिलेसम्म बैठक चल्न सकेको छैन
ताजा अपडेट
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
-
रोनाल्डोको गोलको मद्दतमा अल नासरको सहज जित
प्रतिक्रिया