सहकारी महासंघद्वारा बागमती प्रोस्कून र भक्तपुर बचत संघसँग छलफल
काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सदस्य संघहरुसँग छलफल गरी अभियानको साझा धारणा निर्माण गर्ने क्रियाकलापलाई तीव्रता दिएको छ । समसामियक विषयमा राय सल्लाह सुझाव लिने उद्देश्यले महासंघको नेतृत्व तहबाट नै सदस्य संघहरुको कार्यालयमा पुगेर छलफल संचालन गर्न थालिएको हो ।
यसै अन्तर्गत विहिबार बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)सँग सहकारीको समसामयिक विषय, वर्तमान अवस्था, भावि कार्यदिशा, आपसी सहयोग र समन्वयका विषयमा छलफल गरेको छ । महासंघका अध्यक्ष मिनराज कडेलले सदस्य संघहरुको राय सल्लाह सुझाव लिने र सहकार्य गरेर अगाडी बढ्ने उद्देश्यले सदस्य संघहरुमै गएर छलफल गर्ने कार्य भएको बताए ।
महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले समसामयिक विषयका साथसाथै आगामी कार्यदिशाका विषयमा समेत राय सल्लाह लिने उद्देश्य रहेको बताएकी थिइन् । बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारीका साझा सवालमा बहस पैरवी र संजाल व्यवस्थापनका लागि बागमती प्रोस्कुन सहकार्य गरेर अगाडी बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । सो छलफलामा महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, बागमती प्रोस्कूनका महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव जिवसराज खड्का, सचिव गोविन्द्र प्रसाद काफ्ले, प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल, प्रोस्कूनका संचालकहरुको उपस्थिति थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया